|  

मधेस प्रदेशले आर्मीलाई हराउँदै जित्यो केपी ओली कपको उपाधि

१५ मंसिर २०८०, शुक्रबार १६:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । पोखरामा भएको प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै मधेस प्रदेशले उपाधि जितेको हो ।

उपाधि विजेता मधेस प्रदेशले ५ लाख र उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता थियो ।

 

१५ मंसिर २०८०, शुक्रबार १६:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस