|  

टिकटक प्रतिबन्धविरुद्धको रिट न्यायाधीश ढुंगाना र श्रेष्ठको इजलासमा

२७ मंसिर २०८०, बुधबार १२:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको छ।

यसअघि मंसिर १९ गते रिटको पेशी न्यायाधीश सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा तोकिएको थियो। तर,न्यायाधीश माथेमा र शर्माको संयुक्त इजलासले हेर्न नभ्याइने सूचीमा राखेको छ।

मंसिर ५ गते न्यायाधीश विनोद शर्माको एकल इजलासले रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गर्दै टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश दिएको थियो।

टिकटकलाई प्रतिबन्धित गर्ने सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै १४ वटा रिट दायर भएका थिए। २७ गते कार्त्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो। टिकटकबाट समाजमा विसंगति,विकृति र अराजकता फैलाएको भन्दै नेपालमा टिकटक बन्द गर्ने निर्णय सरकारले गरेको हो।

 

२७ मंसिर २०८०, बुधबार १२:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस