|  

टिकटक प्रतिबन्ध विरुद्धको मुद्दा फेरि ‘हेर्न नभ्याइने’मा

२७ मंसिर २०८०, बुधबार १३:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध परेको मुद्दामाथि आज पनि सुनुवाइ हुन सकेन। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको थियो। यसअघिको इजलासबाट सुनुवाइका लागि तोकिएको मुद्दामा आज ‘हेर्न नभ्याइने’मा परेको हो।

यो मुद्दा ३०औं नम्बरमा थियो। त्यसअघिका मुद्दा हेर्दामै समय लाग्ने भएपछि टिकटक प्रतिबन्ध विरुद्धको मुद्दामा सुनुवाइ नहुने भएको हो।

यसअघि मंसीर १९ गते तोकिएको पेशी तोकिएको थियो। त्यतिवेला पनि ‘र्हेन नभ्याइने’मै परेको थियो।

 

 

 

२७ मंसिर २०८०, बुधबार १३:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस