|  

बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा गरिएको विशेषज्ञ स्वास्थ्य सेवासम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

२७ मंसिर २०८०, बुधबार १३:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


 

काठमाण्डौं । बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा प्रदेशका सबै जिल्लाका अस्पतालका चिकित्सक, पालिकाका स्वास्थ्य संयोजक र स्वास्थ्य कार्यालयका फोकल पर्सन तथा स्वास्थ्यकर्मीहरुलाई ३ दिने आधारभुत तथा आकस्मिक उपचारसम्बन्धी तालिम प्रदान गरिएको छ।

संघको शसर्तबाट १ तथा प्रदेशको बजेटबाट १ समानान्तरसहित २ ब्याच गरी ३७ जनालाई ३ दिने प्रशिक्षक प्रशिक्षण तालिमसञ्चालन गरिएको हो। कार्यक्रमको शुभारम्भ केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले गरेका थिए।

प्रमुख प्रशिक्षक डा बुढाथोकीले ओझेलमा परेको क्षेत्रलाई सम्बोधन गर्न स्वास्थ्य सेवा विभागमा ५ वर्ष पहिले शाखा स्थापना भएको र यस्को स्थापनापछि आँखा,नाक,कान,घाँटी र मुख स्वास्थ्यलाई आधारभुत तथा आकस्मिक स्वास्थ्यमा समाहित गरिएकाले प्रभावकारी कार्यान्वयनका लागि सबै मिलेर विकास र विस्तार गर्नुपर्नेमा जोड दिए।

डा बुढाथोकीले आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा यी सेवा समाहित गरिसकिएको र स्तरीय उपचारपद्धति पनि निर्माण भइसकेकाले अध्ययन गरी हरेक स्वास्थ्य संस्थाहरुले सेवा एकरुपताका साथ गुणस्तर र सहजरुपमा दिनपर्ने र उचित समयमा र उपयुक्त स्थानमा प्रेषण गर्नपर्ने बताए।

समापन कार्यक्रमका अध्यक्ष तथा तालिम केन्द्रका नवनियुक्त निर्देशक डा नरेन्द्र कुमार झाले प्रदेशका हरेक स्वास्थ्यसंस्थाबाट सेवा प्रदान गर्ने गरी प्रशिक्षक तयार पार्न तालिम सञ्चालन भएकोमा खुसी व्यक्त गरे।

२७ मंसिर २०८०, बुधबार १३:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस