|  

आजदेखि हस्ताकलाको २०औँ व्यापार मेला

२८ मंसिर २०८०, बिहीबार १२:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपाल हस्तकला महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष आजदेखि शुरु हुँदैछ । महासङ्घका अनुसार हस्तकला मेलाको यो २०औँ र हस्तकला प्रतियोगिताको १८औँ संस्करण हो । आजदेखि पाँच दिनसम्म दरबारमार्गको अन्नपूर्ण होटल परिसरमा मेला हुने महासङ्घले जनाएको छ ।

नेपाली हस्तकलाजन्य वस्तुहरूको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मेला हुँदै आएको छ । विदेशी प्रदर्शनीकर्ताले समेत मेलामा भाग लिने र भारत, चीन, पाकिस्तान, बङ्लादेशलगायतका देशबाट सहभागिता हुने महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यका अनुसार मेलामा धातुकला, सुनचाँदी, सुती एवम् ढाकाका सामान, पस्मिना, छालाजन्य सामग्रीका स्टल रहनेछन् । यस्तै, प्राकृतिक रेसा र बाँसलगायतका सामग्री प्रदर्शनी तथा बिक्रीमा राखिनेछन् ।

 

२८ मंसिर २०८०, बिहीबार १२:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस