|  

एनसेलविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा

२८ मंसिर २०८०, बिहीबार १३:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री प्रकरणबारे परेको रिटमाथि आज बिहीबार सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि रिटको पेशी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा तोकिएको छ ।

बुधबार सुनुवाइका लागि पेशी न्यायाधीश नहकुल सुवेदीको इजलासमा तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । चार पटक लगातार ‘हेर्न नभ्याइने’ सूचिमा परेको सो रिटमाथि आज सुनुवाइ हुन लागेको हो । यसअघि मंसिर २४ गते न्यायाधीश कुमार रेग्मी, २५ गते न्यायाधीश विनोश शर्मा, २६ गते न्यायाधीश प्रकाश कुमार ढुंगाना र २७ गते नहकुल सुवेदीको एकल इजलासमा पेशी तोकिएको थियो ।

प्रतिनिधिसभा सांसद अमरेश कुमार सिंहले एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दिएका थिए । रिटमा नेपालको नियम, कानुनको पालना नगरी कर छल्ने उद्देश्यले निकै कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौतालाई मान्यता नदिन परमादेशको माग गरिएको छ ।

 

२८ मंसिर २०८०, बिहीबार १३:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस