|  

मौसम पूर्वानुमान : पहाडी क्षेत्रका केही ठाउँमा बादल, पानी नपर्ने

४ पुष २०८०, बुधबार ०७:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । अहिले देशको पहाडी भू–भागका केही ठाउँमा बादल लाग्नुको साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा केही ठाउँमा बादल लागेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने मौसमविद्को पूर्वानुमान् छ । आज वर्षा तथा हिमपातको सम्भावना छैन । पश्चिमी वायुको आंशिक प्रभाव मात्रै रहेकाले वर्षा र हिमपातको सम्भावना नभएको हो ।

बिहानको समयमा काठमाण्डौ उपत्यका तथा विशेष गरी तराईका जिल्लामा सामान्य हुस्सु तथा कुहिरोका कारण भिजिविलिटी कम भए पनि दिउँसो हट्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

मौसम खुलेको भए पनि चिसो भने बढेको छ । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

 

४ पुष २०८०, बुधबार ०७:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस