|  

मुक्तिनाथ विकास बैंक आदमघाट शाखाद्धारा गजुरी गाउँपालिकालाई डस्विन सहयोग

१९ पुष २०८०, बिहीबार १२:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मुक्तिनाथ विकास बैंकको वार्षिउत्सवको अवसरमा धादिङमा रहेको आदमघाट शाखाले सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत फोहोर संकलन गर्ने डस्विन सहयोग गरेको छ । आज आदमघाट शाखाले एक कार्यक्रमको आयोजना गरि गजुरी गाृउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।आज मुक्तिनाथ बिकास बैंकको १७ औं वार्षकोत्सबको उपलक्ष्यमा शाखा कार्यालय आदमघाट द्वारा गजुरी गा पा वडा नं ६ को बाजार क्षेत्रको लागि १५ थान ८० लिटरको डसबिन र प्रहरी चौकीलाई एक थान ६ केजी को फायर एक्सटिंगुसुर सहयोग गरेको आदमघाट शाखाका प्रबन्धक अनिल प्रसाद ढकालले जानकारी दिनु भयो ।
धादिङको गजुरी गाउँपालिका वडा नं. ६ आदमघाट बजारमा रहेको मुक्तिनाथ विकास बैंकले बृद्धभत्ता, भुकम्प पीडित लगायतका स्थानियलाई सहज बैंकिङ सेवा दिँदै आएको छ ।
कार्यक्रमको तस्विरहरु




१९ पुष २०८०, बिहीबार १२:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस