|  

दाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

७ माघ २०८०, आईतवार १५:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का ४३ वर्षका पेण्डुवा चौधरी श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । उनले श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रडले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गएराति रक्सीले मातेका चौधरीले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका हुन् । चौधरीले श्रीमतीलाई कुटपिट गरेपछि रोक्न पुगेका दुईजना छिमेकीमाथि पनि चौधरीले रड प्रहार गर्दा घाइते भएका छन् ।

७ माघ २०८०, आईतवार १५:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस