|  

९औँ धादिङ महोत्सव आजबाट सुरु, र्‍याफ्टिङ र कृषि प्रदर्शनी मुख्य आकर्षण !

१० माघ २०८०, बुधबार १६:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी / धादिङको गजुरी ५ गलौँदीमा ९औँ महोत्सव आजबाट सुरु भएको छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित महोत्सव सुरु भएको हो ।
बागमती प्रदशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभएसँगै महोत्सव आजबाट औपचारिक रुपमा सुरु भएको छ ।
महोत्सवको मुख्य आकर्षण पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक र पर्यटन क्षेत्रको प्रवर्धनमा टेवा पु¥याउने रहेको धादिङ उद्योग बाणिज्य संघका सदस्य रोहित भण्डारीले बताउनुभयो ।
उद्घाटन गर्दै मुख्यमन्त्री शालिकराम जमकट्टेलले कृषिमा क्रान्ति ल्याउन जरुरी रहेको बताउनुभयो । कृषि पेसाबाटै हाम्रो दैनिक जिवन चलेको भन्दै मुख्यमन्त्री जमकट्टेलले यो कृषि पेसालाई मुल्याङ्कन गर्दै उद्योग बाणिज्य संघ, प्रदेश सरकार लगायत गाउँपालिकाले समेत बिषेश प्राथमिकतामा राखेर काम गर्न जरुरी रहेको बताउनुभयो ।
धादिङ उद्योग बाणिज्य संघले अब पहिलेको जस्तोगरि महोत्सव माथि जाने कुरामा बिश्वास नलिन आग्रह गर्नुभयो । सिंह दरवारको अधिकार अहिले गाउँ गाउँमा आएको भन्दै उहाँले जनताको गाँस, बास र कपासको लागी सरकारले जिम्मा लिनुपर्ने बताउनुभयो ।
अहिले मानिसहरुमा निराशा पलाएको भन्दै निराशा हुनुपर्ने कुनै कारण नभएको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले देशको समग्र आर्थिक क्षेत्रमा समेत उल्लेख्य सुधार भएको भन्दै आत्तिन पर्ने अबस्थाको अन्त्य भईसकेको भन्दै खुलेर ब्यापार ब्यवसाय गर्न सकिने कुरामा दुई मत नरहेको उहाँको भनाई थियो ।

अहिले बागमती प्रदेश सरकारले चेपाङ बिकासको कार्यक्रमहरु, दलित बिकासका कार्यक्रमहरु ल्याएको उहाँले बताउनुभयो । यो कार्यक्रम ५ बर्षसम्म सञ्चालन हुने छ ।
महोत्सवमा कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन तथा बिक्री गर्न २ सय ४० स्टल रहेका छन् । महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टल राख्न लगाई मनोरञ्जन प्रदान गरिनेछ ।
घाटबेसी–गलौंदी सम्म र गलौंदी स्थित त्रिशुलीमा दुई प्याकेज बनाएर ¥याफ्टिङ पनि हुने आयोजकले जनाएको छ । स्थानी उत्पादनलाई महत्व दिँदै कृषि पदर्शनी र घरेलु सामाग्री प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ अहिले प्रदर्शनमा बिभिन्न कृषिजन्य सामाग्रीहरु रहेका छन् ।
धादिङ उद्योग वाणिज्य संघलेआजबाट सुरु गरेको महोत्सव माघ २१ गते सम्म संचालन हुनेछ ।

१० माघ २०८०, बुधबार १६:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस