|  

जुवातास खेलिरहेका १७ जना काठमाडौंमा पक्राउ

२९ माघ २०८०, सोमबार १३:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । काठमाडौंमा तास खेलिरहेका १७ जना पक्राउ परेका छन् । हिजो साँझ दुई स्थानबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

शंखरापुर नगरपालिका–७, साँखुस्थित बज्रयोगिनी वर्कसप एन्ड रिकन्डिसनमा जुवातास खेलिरहेको अवस्थामा नौजना पक्राउ परेका छन् । शंखरापुर–१, नाङलेभारेका ३७ वर्षीय प्रकाश लामिछानेसहित नौजना पक्राउ परेका हुन् ।

लामिछानेको उक्त वर्कसपबाट नगद दुई लाख ६०० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै, चन्द्रागिरि नगरपालिका–८, कञ्चन बस्तीस्थित रिङ कारखानामा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् । सोही ठाउँका ७५ वर्षीय केपी गुरुङसहित आठजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद ३४ हजार ८३० रुपैयाँ र ६ बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

२९ माघ २०८०, सोमबार १३:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस