|  

५९४ किलो गाँजासहित भेडेटारबाट चार जना पक्राउ

२ फाल्गुन २०८०, बुधबार १२:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । साँगुरीगढी गाउँपालिका वडा नं ६ भेडेटारबाट प्रहरीले ५९४ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ । ट्याङकरसहित पक्राउ पर्नेमा तीन भारतीय र एक जना नेपाली नागरिक रहेका छन् ।

आज बिहान करिब २ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको दैनिक पिकेट डिउटीले गाँजा बोकेको को १ ७३२२ नम्बरको डिजेल पेट्रोल बोक्ने ट्याङकर गाडीसहित चार जनालाई पक्राउ गरेको हो ।

मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको ट्याङकरमा लागु औषध बोकेको शंका लागी चेकजाँच गर्दा ट्याङकरको तेल राख्ने पाँच वडा डिब्बा केल मध्ये बिचको केल भित्र ५ सय ९४ केजी गाँजा भेटिएको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवनकुमार कार्कीले बताउनु भयो ।

पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय भेडेटारमा राखिएको छ ।

२ फाल्गुन २०८०, बुधबार १२:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस