|  

बालिका बलात्कार गर्ने तामाङलाई १८ वर्ष कैद फैसला

११ फाल्गुन २०८०, शुक्रबार १४:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । धादिङको एक बालिका बलात्कार गरेको आरोपमा आरोपितलाई १८ वर्ष कैद गर्ने फैसला भएको छ ।

गजुरी गाउँपालिका वडा नम्बर ७ निवासी कृष्णबहादुर तामाङलाई ११ वर्षिया बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले १८ वर्ष कैद गर्ने फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले माघ २९ गते कसुर कायम गरेका थिए भने फागुन १० गते कसुरदारलाई अपराध संहिता २०७४ को २१९ को ३ ख बमोजिम १८ वर्ष कैद गर्दै ६ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गर्नुभएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।

जिल्ला अदालतको फैसला बमोजिम कसुरदारबाट असुल गरिएको जरिवानाबाट पीडितलाई ६ लाख रुपैयाँ क्षतिपूर्ति दिने उल्लेख छ ।

बालिकालाई ०७८ साउन ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षबाट जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएकोमा साउन २९ गते जिल्ला अदालतमा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता भएको थियो । १० पटकको पेसीपछि मुद्दा फैसला भएको छ ।

 

११ फाल्गुन २०८०, शुक्रबार १४:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस