|  

म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

१६ फाल्गुन २०८०, बुधबार १७:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । हास्य कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन्। सिन्धुपाल्चोक प्रहरीले उनलाई बुधबार कुटपिट तथा अङ्गभङ्ग मुद्दामा बाह्रबिसेबाट पक्राउ गरेको हो ।

वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई पक्राउ गरेको हो । केही दिनअघि शर्मिला वाइबा, हाँस्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ की पत्नी सुम्निमा खालिङ र बहिनी गंगा उनी बसेको घरभित्र गएर हातपात गरेका थिए ।

अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन गरेका थिए । पवनको पत्नी सुम्निमासँग विवाद चलिरहेको छ । पछिल्लो समय सामाजिक सञ्जालदेखि समाचारहरुमा पवन र सुम्निमाको विवादको विषय छताछुल्ल भएको छ । उनीहरुले एक–अर्कालाई विभिन्न आरोप लगाउँदै अन्तवार्ताहरु दिइरहेका छन् ।

 

१६ फाल्गुन २०८०, बुधबार १७:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस