|  

हङकङमा टी–२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा, को–को परे ?

२० फाल्गुन २०८०, आईतवार १०:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २०, काठमाडौँ । हङकङमा हुन लागेको त्रिकोणात्मक टी २० सिरिजका लागि नेपाली टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । अहिले जारी प्रतियोगितामा १८ सदस्यीय स्क्वाड घोषणा गरेको नेपालले त्यसबाट १४ जनाको टोलीलाई हङकङ पठाउन लागेको हो ।

अहिले नामिबिया र नेदरल्याण्डसँग त्रिकोणात्मक टी २० खेलि रहेको टिमबाट सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, अनिल साह र आशिफ शेखलाई विश्राम दिइएको छ ।

रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अभिनास बोहोरा रहेका छन् ।

नेपालले हङकङमा मार्च ९ देखि १३ तारिखसम्म त्रिकोणात्मक टी २० क्रिकेट खेल्ने छ । त्यहाँ नेपालले घरेलु टोली हङकङका साथै पपुवा न्युगिनी पीएनजीसँग पनि खेल्ने तालिका रहेको छ ।

२० फाल्गुन २०८०, आईतवार १०:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस