|  

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा छनौट भएका खेलाडीहरुलाई अध्यक्ष श्रेष्ठद्धारा बिदाई {नामसहित}

२० फाल्गुन २०८०, आईतवार १२:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई गजुरीबाट एक कार्यक्रम गरि बिदाई गरिएको छ ।
जिल्ला स्तरीय प्रतियोगिताबाट छनौटमा परेका खेलाडी तथा अफिसीएल टोलीलाई औपचारिक कार्यक्रमकाबिच गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बिदाई गर्नुभएको हो । जिल्लाबाट जित्न सफल भएकोप्रति बधाई दिँदै प्रदेशबाट पनि जित्न शुभकामना दिनुभयो । गजुरी गाउँपालिकाबाट प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा कबड्डी तर्फ समिक्षा प्रजा, एन्जला प्रजा रहेका छन् भने कराँतेमा आर्नव रेग्मी छनौट भएका हुन् । एथ्लेटिकमा निराजन सुवेदी, सुदिप घले, दिपक बरुवाल, सलिना चेपाङ र बिना मगर छनौट भएको शिक्षा अधिकृत सन्तोष पौडेलले जानकारी दिनुभयो ।

सहभागी खेलाडीहरुले आत्मबल बलियो बनाएर यो खेलमा उत्कृष्ट भएर आउने बिश्वास लिएका छन् ।
बागमती प्रदेश खेलकुद विकास परिषदले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ र २२ गते चितवनको भरतपूमा गर्दैछ । प्रदेशबाट छनोट भएका खेलाडीहरुले यहि फागुन २७–२९ गते सम्म हुने केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन पाउने छन् ।
बिदाई कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारी, शिक्षा युवा तथा खेलकुद शाखाका स्रोत शिक्षक सुजन भण्डारी, गजुरी वडा नं ४ का वडा अध्यक्ष सुरेन्द्र चेपाङ, गजुरी गाउँपालिकाको शिक्षा अधिकृत सन्तोष पौडेल, आदर्श बहुमुखी क्याम्पस स्ववियु सभापति गणेश पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

२० फाल्गुन २०८०, आईतवार १२:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस