|  

नेपालले जित्यो एसियाली र्‍याफ्टिङमा स्वर्ण पदक

२६ फाल्गुन २०८०, शनिबार १९:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपालले पहिला डब्लूआरएफ एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेको छ । भारतको हिमाचल प्रदेशस्थित सिमलामा भएको प्रतियोगितामा नेपालले आरएक्स हेड टु हेड विधामा नेपालले भारतलाई पन्छाउँदै स्वर्ण जितेको हो ।

नेपालले फाइनलमा कुल १२० अंक बटुलेको थियो भारत बेलगाउँले १०८ अंक जोडेको थियो । भारत अलोङ टिम ९६ अंकसहित कांस्य जित्न सफल भएको थियो ।

नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने रहेका छन् । वैकल्पिक खेलाडीमा विष्णु गुरुङ रहेका थिए ।नेपालले सेमिफाइनलमा काजकिस्तानको टिमलाई हराएर फाइनल पुगेको थियो ।

 

२६ फाल्गुन २०८०, शनिबार १९:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस