|  

नेपालले आज पहिलो खेल हङकङसँग खेल्दै

२७ फाल्गुन २०८०, आईतवार ०७:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । त्रिकोणात्मक श्रृङ्खलामा नेपालले आज आइतबार पहिलो खेलमा हङकङसँग खेल्दैछ । खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुने जनाइएको छ ।

नेपालले भोलि सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्ने छ । मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ । आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ क्यान ले जनाएको छ ।

यसअघि शनिबारे हङकङसँगको मैत्रिपूर्ण टी–२० आई क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ । बिहीबार हङकङ गएको नेपालीटोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् ।

२७ फाल्गुन २०८०, आईतवार ०७:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस