|  

वर्षाका कारण नेपाल र हङकङ बिचको खेल अनिर्णित रुपमा सकियो

२७ फाल्गुन २०८०, आईतवार १४:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आइतबार खेलिएको नेपाल र घरेलु टोलीबिचको खेल अनिर्णित रुपमा सकिएको छ । नेपाल र हङकङबिचको खेल वर्षाका कारण अनिर्णित रुपमा सकिएको हो ।

वर्षाका कारण दुईपटक खेल रोकिएको थियो । नेपालले टस जिती पहिले फिल्डिङको निणर्य लिएको थियो । त्यसपछि ब्याटिङमा ओर्लिएको हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाएपछि वर्षाका कारण खेल रोखिएको थियो । केही समयपछि खेल फेरि सुरु भए पनि आठ ओभरमा पुनः वर्षा सुरु भएको थियो । त्यतिबेला हङकङले दुई विकेट गुमाएर ६५ रन बनाएको थियो । तर, त्यसपछि खेल पुनः सुरु हुन सकेन र अनिणर्ित रुपमा सकियो ।

नेपाललले आफ्नो दोस्रो खेल मंगलबार पपुवा न्यु गिनीसँग खेल्नेछ । यसअघि शनिबार खेलिएको मैत्रीपूणर् खेलमा नेपाली टोली पराजित भएको थियो । उक्त खेलमा घरेलु टोली हङ्कङले नेपाललाई ७३ रनले हराएको थियो ।

२७ फाल्गुन २०८०, आईतवार १४:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस