|  

त्रिकोणात्मक टि-२० शृंखला : पीएनजीविरुद्ध सानदार जित हात पार्दै नेपाल फाइनलमा

२९ फाल्गुन २०८०, मंगलवार १०:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २९, काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले पपुवा न्यु गिनी पीएनजी विरुद्ध सानदार जित हात पारेको छ । वर्षाका कारण पहिलो खेल रद्द भएपछि हङकङसँग १र१ अंक बाँडेको नेपालले दोस्रो खेलमा मंगलबार पीएनजीलाई ८५ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटिएको हो । पीएनजीका लागि हिरी हिरीले सर्वाधिक २८ रन बनाए । त्यस्तै सेसे बाउले २१ रन बनाए भने अन्य ब्याटरको प्रदर्शन फितलो रह्यो ।

पीएनजीको इनिङ्सलाई कुशल भुर्तेलले धराशायी बनाएका थिए । कुशलले ४ ओभरमा १२ रन मात्र खर्चिंदै ४ विकेट लिए । नेपालका लागि प्रतिश जिसीले २ तथा आकाश चन्द र गुलशन झाले १र१ विकेट लिए ।

यसअघि हङकङको मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक बनाए । सन्दीपले २६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाए । कुशलले ३९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५९ रन बनाए ।

२९ फाल्गुन २०८०, मंगलवार १०:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस