|  

मानव तस्करी गरेको आरोपमा धादिङको २ जना पक्राउ

३० फाल्गुन २०८०, बुधबार १४:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । मानव तस्करी गरेको आरोपमा धादिङको २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ त्रिपुरासुन्दरी ४ घर भई हाल जिल्ला काठमाण्डौं १६ माछापोखरी बस्ने ३४ की नुरमाया नाम बताउने लक्ष्मी भन्ने बबि श्रेष्ठ र भविलाल थापा मानव तस्करीमा संलग्न भएको आसङ्कामा प्रहरीले पक्राउ गरेको हो।

बबि श्रेष्ठ र भविलाल थापाले सेटिङ मिलाई ३ जना महिलालाई भिजिट भिषामा दुबई पठाईदिन्छु भनी प्रतिव्यक्ति २ लाख लिई दुबई पठाउन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थापा विमान स्थलबाटै पक्राउ परेका हुन् ।

अनुसन्धानक्रममा भविलाल थापाले नुरमाया नाम बताउने लक्ष्मी भन्ने बबि श्रेष्ठले सेटिङ मिलाउने गरेको र पिडित महिलाहरुलाई भिजिट भिषामा पठाएर दुबई पुर्याई घरेलु कामदारको रुपमा काम लगाउने आश्वासन दिएर पिडितहरुबाट उक्त रकम लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

 

३० फाल्गुन २०८०, बुधबार १४:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस