|  

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट पाए विश्वासको मत

३० फाल्गुन २०८०, बुधबार १६:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा दाहालले १५७ जना सांसदको विश्वासको मत पाएका हुन्।

२६८ जना सांसदले भोट हालेकामा दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको छ। एकजना तटस्थ बसेका छन्। विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्थ्यो। उनलाई एमाले, रास्वपा, जसपा, नेकपा एस र नाउपाले समर्थन गरेका छन्।

सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सदनबाट विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका हुन्।

३० फाल्गुन २०८०, बुधबार १६:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस