|  

रबिको एक्सन : त्रिभुवन विमानस्थलमा लामो समय बसेका ५४ जना प्रहरी हटाईँदै

१ चैत्र २०८०, बिहीबार ०६:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र १, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी कर्मचारीलाई एकसाथ हटाउने निर्णय गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई त्यहाँबाट अन्यत्र सरुवा गरेको हो ।

जिम्मेवारीबाट हटाइएकामा प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म छन् । स्क्रिनिङमा खटिएका ५० भन्दा बढिलाई हटाउने तयारी भइरहेको छ । विमानस्थल प्रशासनसँग समन्वय गरेर नयाँ टोलीलाई स्क्रिनिङ तालिम गराउन थालिएको एआईजी थापाले बताए ।

१ चैत्र २०८०, बिहीबार ०६:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस