|  

विदेशी मुद्रा साट्दै हुनुहु्न्छ ? यस्तो छ आजको विदेशी विनिमय दर

१ चैत्र २०८०, बिहीबार ०६:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र १, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २९ पैसा र बिक्री दर १३२ रुपैयाँ ८९ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा र बिक्री दर १७० रुपैयाँ ०७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

१ चैत्र २०८०, बिहीबार ०६:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस