|  

प्रतिनिधि सभा बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ?

१ चैत्र २०८०, बिहीबार ०६:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र १, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहीबार बस्दैछ ।

बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

संसद सचिवालयका अनुसार बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि राख्ने विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ ।

त्यसपछि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक २०८०’ प्रस्तुत गर्नेछन् । मन्त्री जोशीले नै ‘निर्माणमुखी सामाग्री व्यवस्थापन तथा नियमन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।

साथै, आव २०८१र२०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा कर प्रस्तावबाहेक माथि छलफल प्रारम्भ गरिने संसद सचिवालयले जनाएको छ ।

 

१ चैत्र २०८०, बिहीबार ०६:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस