|  

विश्व मृगौला दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

१ चैत्र २०८०, बिहीबार १०:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र १, काठमाडौँ । आज विश्व मृगौला दिवस । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहिवार विश्वभर यो दिवस मनाउने गरिन्छ यस वर्षको नारा ‘मृर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ तय गरिएको छ ।

मृगौला रोगको पहिचान तथा उपचार र रोकथामका उपायहरूबारेसचेत गराउने उद्देश्यले दिवस मनाउदै आइएको छ । दिवसका अवसरमा नेपालका विभिन्न अस्पतालले कार्यक्रम आयोजना गरेका छन् ।

जनचेतनाका लागि काठमाडौंको रत्नपार्क, शान्ति बाटिकाबाट मिर्गौला पदयात्रा गरिएको छ । प्रत्येक १० जना मध्ये १ जनालाई मिर्गौला रोग लाग्ने गरेको तथ्यांक छ ।

 

१ चैत्र २०८०, बिहीबार १०:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस