|  

आजदेखि कान्ति राजमार्ग दिउँसोको समयमा ४५ दिन बन्द हुने

१ चैत्र २०८०, बिहीबार १२:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । कान्ति राजमार्ग आजदेखि दिउँसोको समयमा ४५ दिनसम्म बन्द हुँदैछ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आउँदो वैशाख १५ गतेसम्म कान्ति राजमार्ग बन्द हुन लागेको कान्ति राजमार्ग सडक योजनाका ईञ्जिनियर रवीन्द्र महर्जनले जानकारी दिनुभयो ।

यो सडक ललितपुरको टीकाभैरवबाट तीनपाने भञ्ज्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्छ । उहाँका अनुसार काल्चे खण्ड बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड अन्तर्गत झण्डै डेढ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान काट्ने निर्णय भएसँगै काम सुरु भएको र काम सक्न ४५ दिन लाग्ने योजनाको अनुमान छ ।

 

१ चैत्र २०८०, बिहीबार १२:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस