|  

चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

१ चैत्र २०८०, बिहीबार १४:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । हुम्लाको चंखेली गाउँपालिकाका पूर्व अध्यक्ष धनलाल चौलागाईंसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आज चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाई, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर र सब इन्जिनियर हर्कधन बुढाविरुद्द विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

चंखेली गाउँपालिका वडा नं. ३ स्थित ब्याफु खानेपानी मर्मत योजनाका लागि आ.ब.२०७४।०७५ मा छुट्टाइएको रकम अनियमितता गरेको अख्तियारको दाबी छ । उनीहरूले नापी किताब बमोजिम काम नभए पनि काम भएको भनी प्रतिवेदन बनाउने र उपभोक्तासम्बन्धी झुट्टा बिल भरपाई तयार गर्ने, चेक गर्ने र टिप्पणीमा सही गर्ने कार्य गरेको अख्तियारको ठहर छ ।

चंखेली गाउँपालिका ३ का तत्कालीन वडाध्यक्ष सालीग्राम ऐडीले निर्माण कार्य सम्पन्न भई प्राविधिक अनुगमन मूल्यांकन भइसकेको भन्ने समेत व्यहोरा उल्लेख गरी भुक्तानीको लागि सिफारिस गरेको देखिँदा उनीविरुद्ध पनि मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

१ चैत्र २०८०, बिहीबार १४:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस