|  

नेपालगञ्जबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँ बरामद

१ चैत्र २०८०, बिहीबार १४:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रहरीले बाँकेको नेपालगञ्जबाट १ करोड ३० लाख ४८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको छ । त्यस्तै, १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । दुई दिनको अवधिमा सो रकम बरामद गरिएको बाँकेका एसपी सुवासचन्द्र बोहोराले बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार र सोमबार अपरेशन चलाएर ३ वटा समूहका ८ जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराका अनुसार आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए ।

सुराकको आधारमा सोमबार बसपार्कस्थित होटलबाट ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँ सहित सन्तोष दङ्गेली पक्राउ परेका हुन् । प्रहरीले होटलका सञ्चालक कृष्ण विक, नेपालगञ्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको छ । उनीहरुको साथबाट भारतीय रुपैयाँ ११ लाख पनि बरामद भएको एसपी बोहोराले बताए ।

 

१ चैत्र २०८०, बिहीबार १४:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस