|  

राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत्र ४ गते हुने

१ चैत्र २०८०, बिहीबार १४:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत्र ४ गते हुने भएको छ । बुधवारको राष्ट्रिय सभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचनका लागि मिति २०८० चैत्र ४ गते आइतबारको दिन तोकेको जानकारी गराए । उनले समिति सभापतिहरूको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्याललाई निर्देशन दिए ।

राष्ट्रिय सभाको अर्को बैठक चैत्र २ गते शुक्रवार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।

१ चैत्र २०८०, बिहीबार १४:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस