|  

ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य हुँदैन : अर्थमन्त्री वर्षमान पुन

३ चैत्र २०८०, शनिबार १३:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले बैंकबाट ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहने बताएका छन् । शनिबार राष्ट्रिय वाणिज्य बैंकको आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्सको उद्घाटन गर्दै यस्तो बताएका हुन ।

उनले भने, ‘ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य हुँदैन । राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन नभईरहेको सन्दर्भमा राजनीतिक प्रणालीको समेत समीक्षा गरी हामीले नयाँ ढंगले कार्य गरिरहेको छौं ।’ बैंकिङ्ग क्षेत्र जनताको रकमबाट संचालित हुने भएकोले संस्थागत सुुशासन कायम गर्न जोड दिनुपर्ने बताए ।

यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय वाणिज्य बैंक विभिन्न परिसूचकहरुको आधारमा सबल रहेको बताउदै आफ्नो स्रोतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उनले बैंकिङ्ग क्षेत्रले जनविश्वास कायम गर्नेगरी कार्य गर्नुपर्ने बताए । साना खराब कामले संस्थालाई असर गर्ने हु“दा सचेत भएर काम गर्नुपर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले समग्र बैंकिङ्ग क्षेत्रको बारेमा अवगत गराए । उनले राष्ट्रिय वाणिज्य बैंकले दिगो व्यवसायिक वृद्धिको आधार र गुणस्तरमा सुधार भन्ने नाराका साथ कार्य गरिरहेको बताए ।

 

३ चैत्र २०८०, शनिबार १३:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस