|  

प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी हेटौंडामा सुरु

३ चैत्र २०८०, शनिबार १४:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशस्तरीय आठौं महिला उद्यमी प्रदर्शनी–२०८० शुक्रबारदेखि सुरु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिले प्रदेश प्रदर्शनी आयोजना गरेको हो । समितिले ११ वर्षपछि ‘पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यकता’ भन्ने नारासाथ प्रदर्शनी थालेको छ ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्णकुमार गुप्ताले संघले उद्योगी(व्यवसायीहरुको हकहित संरक्षण गर्दै जिल्लाको आर्थिक र सामाजिक विकासमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुस“ग सहकार्य गरी अर्थतन्त्रलाई सबल र सुदृढ बनाउन भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले विश्वव्यापी आर्थिक मन्दीका कारण लगानी र उत्पादन संकुचित भइरहेको अवस्थामा राज्यले बैंकको व्याजदर नियन्त्रण गर्नु आवश्यक रहेको, बदलिदो व्यावसायिक वातावरणलाई समयानुकूल सम्बोधन गर्न र नवप्रवर्तन तथा उद्यमशीलता प्रवद्र्धन गर्नु आवश्यक रहेको औंल्याउनुभयो ।

महिला उद्यमीहरुलाई महिला उद्यमी विकास समितिमार्पmत् विभिन्न सिपमूलक तालिम आयोजना गर्दै आएको, मुलुककै पहिलो महिला विशेष आर्थिक क्षेत्र ९उमन सेज० निर्माणको लागि प्रस्ताव तयार गरी पहल गरिरहेको, २०५३ सालमा मकवानपुर उद्योग वाणिज्य संघअन्तर्गत् गठन भएको महिला उद्यमी विकास समितिले स्थापनाकालदेखि नै उत्पादनमूलक तालिम तथा सिप विकास र व्यक्तित्व विकाससम्बन्धि क्रियाकलापहरु गर्दै महिला नेतृत्व विकासका लागि आफ्नो भूमिका निर्वाह गर्दै आएको उहाँको भनाइ थियो ।

कार्यक्रमका वागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद् एकालाल श्रेष्ठले प्रदर्शनीलाई व्यापक बनाउँदै धेरैभन्दा धेरै उपभोक्तामा जानकारी पु¥याउनुपर्ने बताउ“दै हस्तकला व्यवसाय प्रवद्र्धन गर्न प्रदेश सरकारले काम गरिरहेको भनाइ राख्नुभयो । हेटौंडा उपमहानगरपालिका प्रमुख मीना लामाले साना तथा घरेलु तहका उत्पादनहरुलाई ब्राण्डिङ गरी उद्यमशीलता विकास गर्न चाहेको बताउनुभयो ।

३ चैत्र २०८०, शनिबार १४:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस