|  

नेपालीहरूले बौद्धिकताको माध्यमबाट पनि नेपाललाई विश्वमाझ स्थापित गराएका छन्ः प्रधानमन्त्री दाहाल

३ चैत्र २०८०, शनिबार १५:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरूले बौद्धिकताको माध्यमबाट पनि अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठालाई स्थापित गराएको बताएका छन्।

शनिवार बालुवाटार स्थित आफ्नै सरकारी निवासमा आयोजित ‘प्रा सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ पुस्तकको लोकार्पण गर्दै उनले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री दाहालले डा सुवेदीको बौद्धिकताबाट नेपालका सबै राजनीतिक दलहरू प्रभावित रहेको समेत बताए। उनले विस्तृत शान्ति सम्झौताको बेला पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले डा। सुवेदीको कानुन क्षेत्रको विज्ञताबाट लाभ लिएको बताए।

प्रधानमन्त्री दाहालले नेपालको संविधान बनाउन, भारतसँग भएका सन्धि, सम्झौताका लागि प्रस्ताव तयार पार्न र संसदबाट एमसिसी पास गराउन पनि आफूले रोजेको मध्यमार्गी बाटो पनि डा सुवेदीको विज्ञताको प्रतिफल भएको बताए।

 

३ चैत्र २०८०, शनिबार १५:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस