|  

लोसपाको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

७ चैत्र २०८०, बुधबार ०७:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र ७, काठमाडौँ । लोकतान्त्रिक समाज पार्टी लोसपा नेपालको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ ।

महोत्तरीको बर्दिवासमा हिजोदेखि सुरू भएको बैठक आज पनि जारी रहने भएको हो । राजेन्द्र महतोले पार्टी परित्याग गरेर हिँड्नुभएपछि भिन्न स्थितिका बारेमा छलफल गर्नका लागि समेत लोसपाले केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठकमा जीतेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गर्नुभएको प्रतिवेदनलाई छलफल गरेर निष्कर्ष निकालिने जनाइएको छ ।

७ चैत्र २०८०, बुधबार ०७:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस