|  

आज सुन तोलाको एक लाख २५ हजार दुई सय रुपैयाँ

७ चैत्र २०८०, बुधबार १३:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सुनको भाउ आज स्थिर छ । हिजो ७ सय रुपैयाँले बढेर तोलाको एक लाख २५ हजार २ सय रुपैयाँ पुगेको सुनको भाउ आज स्थिर रहेको हो ।

आज पनि सुनको भाउ एक लाख २५ हजार दुई सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार पाँच सय २५ रुपैयाँ रहेको चाँदीको भाउ आज तोलाको एक हजार पाँच सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

७ चैत्र २०८०, बुधबार १३:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस