|  

नेपाल-भारत सीमा बैठक : झुलाघाट नाका बेलुकी ७ बजेसम्म खोल्ने सहमति

७ चैत्र २०८०, बुधबार १३:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झलाघाट नाका वेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले यसअघि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने सो नाका अबदेखि बेलुका ७ बजेसम्म खोल्ने सहमति भएको बताउनुभयो । बैठकमा भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कताबारे पनि छलफल भएको छ ।

साथै दुवै देशका सीमा क्षेत्रमा हुनसक्ने आपाराधिक गतिविधि नियन्त्रण, मानव तथा वन्यजन्तु तस्करीमा रोक, लागुऔषध ओसारपसारमा रोकलगायतका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ ।

 

७ चैत्र २०८०, बुधबार १३:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस