|  

सहकारीपीडितको माग सम्बोधन गर्न सरकारलाई आयोगको आग्रह

७ चैत्र २०८०, बुधबार १४:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । राष्ट्रिय मानवअधिकार आयोगले सहकारीपीडित बचतकर्ताको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारलाई संरक्षण गर्न र अध्ययन समितिले गएको भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पेश गरेको प्रतिवेदनको तत्काल कार्यान्वयन गरी पीडित बचतकर्ताको माग सम्बोधन गर्न आयोगले आग्रह गरेको हो ।

सहकारीपीडित बचतकर्ताले काठमाण्डौमा आन्दोलन गर्दै आएका छन् । गएको चैत १ गते शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीबाट भएको बल प्रयोगले केही प्रदर्शनकारी घाइते भएको अवस्थाप्रति आयोगले ध्यानाकर्षण भएको समेत जनाएको छ ।

सहकारीपीडितको प्रदर्शन, सुन्धारामा भएको र्‍याली तथा भृकुटीमण्डपमा गरिएको कोणसभाको आयोगले अनुगमन गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिनुभयो । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीलगायत केही व्यक्तिलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको आयोगमा उजुरी समेत दर्ता भएको छ ।

७ चैत्र २०८०, बुधबार १४:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस