|  

प्रतिफल आउने गरी कार्यसम्पादन गर्न स्वास्थ्य मन्त्री श्रेष्ठको निर्देशन

२१ चैत्र २०८०, बुधबार १५:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले नतिजामूलक प्रतिफल आउने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । नवनियुक्त स्वास्थ्य मन्त्री श्रेष्ठले पदभार ग्रहण गर्दै मन्त्रालय र मातहतका निकायलाई स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा प्रतिफल प्राप्त हुनेगरी काम गर्न निर्देशन दिएका हुन् ।

मन्त्री श्रेष्ठले नागरिकको स्वास्थ्य सुधारका लागि लिएका सकारात्मक पहल र कार्यहरूको कार्यान्वयन तीव्रताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । स्वास्थ्य क्षेत्रको विस्तृत कार्यक्षेत्रलाई विचार गर्दै आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयको सिलिङ वृद्धिका लागि पहल गर्ने बताए ।

मन्त्री श्रेष्ठले प्रदेश स्वास्थ्य नीति, २०८० को मस्यौदाको स्वीकृत गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र त्यस अघि आर्थिक मामिला तथा योजना मन्त्रालयको रायका लागि पठाउन निर्णय गरेका छन् ।

२१ चैत्र २०८०, बुधबार १५:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस