|  

बेनिघाट रोराङको सक्रियता : सामुदायिक वनमा आगलागी नियन्त्रण सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

२१ चैत्र २०८०, बुधबार १७:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ बेनिघाट रोराङ गाउँँपालिकाका सामुदायिक बनमा डढेलो सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वन डढेलो नियन्त्रण सचेतना तथा पत्कर सप्ताह कार्यक्रम सम्पन्न भएको हो ।

गर्मी मौसममा डढेलोको जोखिम अत्यधिक हुने भएकाले रुख बिरुवाबाट झरेका पातहरुको उचित तरिकाले ब्यबस्थित गर्न सके डढेलो नियन्त्रण गर्न सहज हुने कुरामा जोड दिईएको छ ।

बेनीघाट रोराङ गाउँपालिकाको आयोजना र डिभिजन वन कार्यालय धादिङ हरित स्वयम् सेवकको प्राविधिक सहयोगमा विशाल संयुक्त सामुदायिक वनमा आगलागि नियन्त्रण सम्बन्धी चेतनामूलक कार्यक्रम आज सम्पन्न गर्दै जनचेतामूलक सन्देशहरु प्रचार गर्नुपर्ने कुरामा जोड दिईएको प्रमुख प्रसाशसकिय अधिकृत नर्वदा घिमिरेले बताउनुभयो ।

विपद्जन्य घटनाहरूबाट वर्षेनी ठूलो मात्रामा जनधनको क्षति र विकासका पूर्वाधारहरूमा हानी(नोक्सानी हुने तथा आम जनताको आधारभूत सेवा साथै जीविकोपार्जनमा समेत प्रतिकूल असर पर्ने गरेको छ ।


विपद्जन्य घटनाबाट हुने यस्ता क्षतिलाई न्यूनीकरण र व्यवस्थापन गर्न नेपाल सरकारले विभिन्न नीतिगत, कानूनी र संस्थागत व्यवस्था गरेको छ। यसै व्यवस्था अनुरूप तयार भएको विपद्‌ जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना ९सन् २०१८(२०३०० मा नेपालको हिमाली, पहाडी तथा तराई क्षेत्रमा विभिन्न किसिमका प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपहरूको जोखिम रहेको उल्लेख छ। जलवायु परिवर्तन तथा भौगर्भिक, सामाजिक, आर्थिक गतिविधिका कारण आगामी दिनमा विपद्‌जन्य घटनाबाट हुने हानी(नोक्सानी झनै बढ्न सक्ने देखिन्छ।

यस्ता जोखिमहरू न्यूनीकरण र व्यवस्थापन गर्न नेपाल सरकारको एकल प्रयासले मात्र सम्भव नभएको हुँदा यस विषयमा राष्ट्रिय, प्रदेश एवम् स्थानीय स्तरमा समेत योजनावद्ध एकीकृत प्रयासको आवश्यकता रहेको छ । साथै, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसँग सम्बन्धित स्थानगत आवश्यकताको आधारमा क्रियाकलापहरू तय गर्नु पर्ने हुँदा हरेक गाउँपालिका तथा नगरपालिकाले यस्तो रणनीतिक योजना तयार गरी कार्यान्वयन गर्नु पर्ने कुरामा बेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले जोड दिनुभयो ।

२१ चैत्र २०८०, बुधबार १७:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस