|  

आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

२२ चैत्र २०८०, बिहीबार ०६:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर ३३ रुपैयाँ ८० पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६० पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५७ पैसा र बिक्री दर १६८ रुपैयाँ ३३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

२२ चैत्र २०८०, बिहीबार ०६:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस