|  

उपनिर्वाचनको उमेद्वार कांग्रेसभित्र अझै टुंगो लागेन, आज पनि बैठक बस्दै

२२ चैत्र २०८०, बिहीबार ०७:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २२, काठमाडौँ । उपनिर्वाचनको उम्मेदवार चयनमा अनिर्णित बन्दै गएको नेपाली कांग्रेसले आज पनि बैठक बोलाएको छ । यसअघि दुई दिनसम्म बसेको बैठकले उमेद्वारबारे निर्णय गर्न नसकेपछि आज पुन बैठक बोलाइएको हो ।

बैठक बिहान ९ बजे सभापति शेरवहादुर देउवाको निवास बूढानिलकण्ठमा बस्नेछ । उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन् ।

इलाम—२ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को मतभेद देखिएको छ ।

 

२२ चैत्र २०८०, बिहीबार ०७:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस