|  

बञ्चरेडाँडामा भोलिबाट फोहोर फाल्न नदिने, के छन् प्रभावितहरुको माग ?

२३ चैत्र २०८०, शुक्रबार १२:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २३, काठमाडौँ । बञ्चरेडाँडा ल्याण्डफिल क्षेत्रका बासिन्दाले काठमाडौँबाट जाने फोहोर व्यवस्थापनमा अवरोध गर्ने भएका छन् । शनिबारदेखि ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयले बताएका छन् ।

सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडा, सिसडोल लगायत क्षेत्रमा थुप्रिएको फोहोरले मानवीय स्वास्थ्यमा प्रतिकूल असर परेको तथा राज्य शक्तिको दुरुपयोग गरी स्वच्छ वातावरण बाँच्न पाउने नागरिकको मौलिक हक सरकारले नै हनन गरेको स्थानीयको आरोप छ ।

बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समितिले प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा नागरिकको जिउ धनको रक्षाका लागि फोहोर फल्न अवरोध गरिने उल्लेख गरिएको छ । शनिबारदेखि फोहोर बोकेका गाडी तारकेश्वर नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सीमामै रोकिने समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।

२३ चैत्र २०८०, शुक्रबार १२:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस