|  

यो साता शेयर बजार साढे १ प्रतिशतले घट्यो, २ अर्ब ७९ करोडको शेयर कारोवार

२४ चैत्र २०८०, शनिबार ०७:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २४, काठमाडौँ । साताभरका कारोबार अनुसार यस साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २०३५.६४ विन्दुमा बन्द भएको नेप्से, ३१.५९ अंक घटेर २००४.०५ विन्दुमा झरेको छ । यस साता सेन्सेटिभ इन्डेक्स ३.६७ अंक घटेको छ भने फ्लोट इन्डेक्स १.५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३८ अंक घटेको छ ।

यस साता नेप्सेमा त्रैमास अन्त्यको प्रभाव देखिएको हो मान्न सकिन्छ। गत साता दैनिक औषतमा २ अर्ब ४३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता भने २ अर्ब ७९ करोडको शेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १४.६३ प्रतिशत बढी हो । नेप्से घटे पनि यस साता दैनिक औषत कारोबार रकम भने बढेको देखिन्छ ।

त्यस्तै, गत साताको तुलनामा यस साताको दैनिक औषत शेयर सङ्ख्या ४.८७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार सङ्ख्या १८.८५ प्रतिशत बढी हो । यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे १ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब २७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ५० अर्ब रुपैयाँ घटेर ३१ खर्ब ७७ अर्बमा झरेको छ ।

२४ चैत्र २०८०, शनिबार ०७:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस