|  

नेपाल–कोरियाको जुगल हिमाल आरोही संयुक्त टोलीलाई विदाइ

२४ चैत्र २०८०, शनिबार १२:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २४, काठमाडौँ । जुगल हिमाल आरोहण गर्न लागेको नेपाल–दक्षिण कोरियाको संयुक्त टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरेका छन् ।

तीन नेपाली र सात जना कोरियाली नागरिक सहभागी टिम आजै जुगल हिमालतर्फ जाने नेपाल पर्वतारोहण संघले जानकारी दिएको छ । सिन्धुपाल्चोक जिल्लास्थित जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा गर्न लागिएको हो । जुगल काठमाडौँबाट सबैभन्दा नजिक पर्ने हिमाल समेत हो । संघका महासचिव मोहन लम्सालले जुगल हिमाल आरोहणको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा योगदान गर्ने विश्वास व्यक्त गरे । उनले पर्यटन कूटनीतिसँग पनि जोडिएकाले यो आरोहणलाई निकै महत्वका साथ हेरिएको उल्लेख गरे ।

 

२४ चैत्र २०८०, शनिबार १२:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस