|  

चैत २० गते बैंकिङ प्रणालीको कुल निक्षेप घटेर ६१ खर्ब ७ अर्ब रुपैयाँमा सीमित

२४ चैत्र २०८०, शनिबार १२:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २४, काठमाण्डौँ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन १.४८ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत २० गते बैंकिङ प्रणालीबाट ९२ अर्ब बाहिरिएको हो । चैत १९ गते ६१ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा चैत २० गते भने १.४८ प्रतिशतले घटेको हो ।

चैत २० गते बैंकिङ प्रणालीको कुल निक्षेप घटेर ६१ खर्ब ७ अर्ब रुपैयाँमा सीमित बनेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५३ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ८५ अर्ब रहेको थियो । यसरी वाणिज्य बैंकहरुको निक्षेप पनि एक दिनको अन्तरालमा ९१ अर्बले घटेको छ ।

२४ चैत्र २०८०, शनिबार १२:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस