|  

भद्रकाली सामुदायिक विकास समाजको साधारणसभा तथा यात्रु प्रतीक्षालय,प्रहरी भवन उद्घाटन

२४ चैत्र २०८०, शनिबार १७:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । भद्रकाली सामुदायिक विकास समाज गजुरी २ मलेखुको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभामा परियोजनागत र संस्थागत प्रगति प्रतिवेदन र वित्तिय प्रतिवेदन प्रस्तुत भई वार्षिक योजना समेत सर्वसम्मत रुपमा पारित गरिएको छ ।
साधारणसभासँगै यात्रु प्रतीक्षालय र प्रहरी भवन समेत समुद्घाटन गरिएको थियो ।

संस्थामा भए गरेका गतिविधिहरु प्रस्तुत गर्दै परियोजना मार्फत जीविकोपार्जन, स्वास्थ्य सरसफाइ, विपद् जोखिम न्यूनिकरण, वातावरण संरक्षण, सामाजिक समावेशिकरण, संस्थागत दीगो विकास र सूचना तथा पारदर्शिता जस्ता क्षेत्रमा गरेका प्रगति बारेमा जानकारी गराईएको छ ।

प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले परियोजना मार्फत बिकास निर्माणका कामदेखि सामाजिक कामहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
यसैक्रममा प्रहरी भवन तथा प्रतिक्षालयको उद्घाटन गरिएको छ ।

प्रमुख अतिथी गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा उहाँले सामाजिक सेवाका भवनहरु बन्दा सदियौासम्म पनि सञ्चालन गर्न सकिने र यसलाई गौरवको रुपमा लिनुपर्नेमा जोडदिनुभयो ।

जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख बद्री नाथ गैरेले यस्ता सामाजिक सेवाका भवनहरु निर्माण हुनु निकै खुसिको कुरा भएको बताउनुभयो । नवनिर्मित भवनले कार्यरत प्रहरी कर्मचारीहरुलाई सेवा प्रवाह गर्न थप सहज बनाउनेमा बिश्वस्त रहेको उहाँको भनाई थियो ।

२४ चैत्र २०८०, शनिबार १७:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस