|  

आजको मौसम : गण्डकी र कोशीमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

२५ चैत्र २०८०, आईतवार ०६:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २५, काठमाडौँ । अहिले कोशी, मधेश प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहँदा यस्तो भएको हो ।

विभागका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेशका साथै देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी, कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पूर्वी भू–भागका तराई केही स्थानमा हावाहुरीको सम्भावनासमेत रहेको बताइएको छ ।
त्यसैगरी, राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

२५ चैत्र २०८०, आईतवार ०६:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस