|  

कांग्रेस र एमालेले गरे राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी दर्ता

२७ चैत्र २०८०, मंगलवार १५:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदका लागि बुधबार निर्वाचन हुँदैछ। राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमाले ले उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार संघीय संसद भवनमा कांग्रेसबाट राष्ट्रिय सभा सांसद विष्णुदेवी पुडासैनी र एमालेबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन्।

पुडासैनीको प्रस्तावक दुर्गा गुरूङ र समर्थक नारायणदत्त भट्ट छन् भने घिमिरेको प्रस्तावक भगवती न्यौपाने र समर्थकमा गोपीबहादुर सार्की अछामी छन्। अछामी नेकपा माओवादी केन्द्र का सांसद हुन्।

 

२७ चैत्र २०८०, मंगलवार १५:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस