|  

बुधबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

२७ चैत्र २०८०, मंगलवार १५:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रतिनिधि सभा बैठक भोलि सम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरोध गरेको सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।

आज सूचना टाँसेर स्थगित गरिएको बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेर संसद् अवरोध गर्दै आइरहेको छ ।

२७ चैत्र २०८०, मंगलवार १५:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस