|  

आजको मौसम : गजुरी लगायत जिल्लाभर मौसम धुम्मियो, बन डढेलो बढ्दा प्रदुषण बढ्यो !

२८ चैत्र २०८०, बुधबार ०६:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २८, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । धादिङ गजुरी लगायत जिल्लाभर तथा नुवाकोट, रसुवा काठमाण्डौँ मा मौसम तुँवालोले धुम्मिएको छ । पानी नपर्दा मौसम धुम्मिएको हो । अहिले देशभर डढेलोको कारण मौसममा परिवर्तन आएको मौसमबिद्ले बताएका छन् ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानहरू साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२८ चैत्र २०८०, बुधबार ०६:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस